Join us for a guided walk led in Nepali by our ranger, Saru. Located in West Belconnen, the Ginninderry Conservation Corridor (known as “the Corridor”) offers stunning views of the Murrumbidgee River, the Brindabella Mountains, and the surrounding landscape. Saru will lead the walk in Nepali, giving you the opportunity to learn about the Corridor’s wildlife, ecosystems, and the conservation efforts currently taking place on the ground.
These guided walks in language are part of our commitment to ensuring all members of the Ginninderry community and surrounding areas can enjoy the Corridor and learn about what it has to offer. We will also be hosting guided walks in Punjabi and Hindi, so keep an eye out for future events!
Please note, these are moderate level walks along an earthen track. Australian Walking Track Grades 2 & 3. Please wear suitable footwear and clothing for the conditions, and BYO water, hat, sunscreen and snacks.
More details about the event include:
📅: Saturday 21st March
🕘: 8:30am- 10:30am
📍: Meet at the Link Building (1 Mcclymont Way, Strathnairn ACT)
📞: If you have any questions or inquiries, feel free to reach out to us at admin.contact@ginninderry.org before signing up.
We hope to see you there! For tickets, click here.
रेन्जर सरुको नेतृत्वमा नेपाली भाषामा सञ्चालन हुने मार्गदर्शित हिँडाइमा सहभागी हुनुहोस्।”
पश्चिम बेल्कोनेनमा अवस्थित जिनिन्डेरी कन्जर्भेसन करिडोरले मुर्रमबिजी नदी, ब्रिन्डाबेला पर्वतमाला र वरपरको प्राकृतिक दृश्यको मनमोहक दृश्य प्रस्तुत गर्दछ। सरुले यो हिँडाइ नेपाली भाषामा सञ्चालन गर्नुहुनेछ, जसबाट तपाईंले करिडोरमा पाइने वन्यजन्तु, पारिस्थितिक प्रणाली (इकोसिस्टम) र हाल भइरहेका संरक्षण प्रयासहरूको बारेमा जान्ने अवसर पाउनुहुनेछ।
जिनिन्डेरी समुदाय र वरपरका क्षेत्रका सबै सदस्यहरूले करिडोरको आनन्द लिन र यसका विशेषताहरूका बारेमा जान्न सकून् भन्ने प्रतिबद्धताअनुसार विभिन्न भाषामा यी मार्गदर्शित हिँडाइहरू आयोजना गरिएका हुन्। हामी पंजाबी र हिन्दी भाषामा पनि यस्ता हिँडाइहरू आयोजना गर्नेछौं, त्यसैले आगामी कार्यक्रमहरूको जानकारीका लागि अपडेट रहनुहोस्।
कृपया ध्यान दिनुहोस्, यी मध्यम स्तरका हिँडाइहरू माटोको पैदल मार्ग (earthen track) मा हुनेछन्। अष्ट्रेलियन वाकिङ ट्र्याक ग्रेड २ र ३ अन्तर्गत पर्दछन्। मौसम अनुसार उपयुक्त जुत्ता र कपडा लगाउनुहोस्, साथै आफ्नै पानी, टोपी, सनस्क्रिन र हल्का नास्ता साथमा ल्याउनुहोस्।
कार्यक्रम सम्बन्धी थप विवरण:
📅 मिति: शनिबार, २१ मार्च
🕘 समय: बिहान ८:३० बजे
📍 स्थान: लिंक बिल्डिङ
🏠 ठेगाना: १ म्याकक्लिमन्ट वे, स्ट्राथनैर्न (1 Mcclymont Way, Strathnairn ACT)
📞 सम्पर्क: admin.contact@ginninderry.org
यदि तपाईंलाई कुनै प्रश्न वा जिज्ञासा भएमा दर्ता गर्नु अघि admin.contact@ginninderry.org मा सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
हामी तपाईंलाई त्यहाँ भेट्ने आशा गर्दछौं!